पाल्पा : पाल्पामा बुधबार भारतीय कार दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।
घाइते हुनेमा रूपन्देहीका ५० वर्षीय बुद्धिराम मुराउ, भारतको उत्तर प्रदेश ढडेपुरका कृष्ण नारायण तिवारी, कारचालक भारतकै उत्तर प्रदेश ककरहवाका ५२ वर्षीय वीरेन्द्र पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
उनका अनुसार घाइते मुराउको अवस्था गम्भीर छ। घाइतेको तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ।
भारत देशको गोरखपुरबाट पाल्पाको रानीमहलमा घुम्ने पर्यटक बोकेर आएको यूपी ५५ वाइ ३३०१ नम्बरको भारतीय कार आज दिउँसो करिब २ बजे तानसेन नगरपालिका–१३ रानीमहल नजिकै दुर्घटना भएको उनले बताए।
कार अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। कारण सडकभन्दा करिब १०० मिटर तल खसेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कारमा ४ जना सवार थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।