|

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ। गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयका ४ जनामा देखिएको दादुरा नियन्त्रणमा आइसकेको जानकारी दिए।

यही जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शङ्कास्पद ५ जनाको परीक्षण गर्दा तीमध्ये ४ जनामा दादुरा पुष्टि भएको थियो। ‘दादुरा देखिएपछि ती ४ जनालाई आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्यौँ”, उनले भने, ‘अहिले उक्त क्षेत्रमा दादुरा प्रकोप नियन्त्रणमा रहेको छ, हामीले फैलिन दिएनौँ।’

उनले उक्त विद्यालयका १५ वर्षमुनिका ४ सय १९ जनालाई दादुराविरुद्धको खोप पनि दिइएको जानकारी दिए। विद्यालयमा रहेका ५ सय ६० जनाको परीक्षण गर्दा ६३ जनामा दादुरा जस्तै लक्षण र १६ जनामा बान्ता तथा ज्वरो आउने दादुरा जस्तै समस्या देखिएको थियो। शाखाप्रमुख उपाध्यायले ती दादुराका शङ्कास्पद देखिएका बिरामीलाई भिटामिन ‘ए’ खुवाइएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.