|

काभ्रे  : नमोबुद्ध नगरपालिका वडा नम्बर–११ का वडा सदस्यको कुटपिट गरी हत्या भएको छ। 

नगरपालिकाको वडा नम्बर–११ की दलित महिला वडा सदस्य ज्ञानी विकको आफ्नै श्रीमान्ले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार, जेठ २९ गते राति १० बजेतिर महिला वडा सदस्य र उनका श्रीमान् ४८ वर्षीय शम्भु विकको घरायसी विवाद भएको थियो।

विवादपश्चात श्रीमान् शम्भु विकले वडा सदस्य ज्ञानुमाथि कुटपिट गरेको जानकारी प्रहरीलाई प्राप्त भएलगत्तै प्रहरीको टोली घटनस्थलमा पुगेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। उपचारका लागि ज्ञानीलाई धुलिखेल अस्पताल पठाइएको थियो।

कुटपिटबाट टाउको र शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएकी ज्ञानीको उपचारको क्रममा बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी न्यौपानेले बताए।

प्रहरीले वडा सदस्यका श्रीमान् शम्भुलाई घटनास्थलबाटै नियन्त्रण लिएको उनले जानकारी दिए । ज्यान मार्ने मुद्दामा शम्भुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.