|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत वाम एकतासम्म पुग्ने दाबी गरेका छन्।

बिहीबार बिहान एक संचारमाध्यमको संवादमा उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टीबीच मोर्चा बन्दै छ।’

‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यती ओम्नी जस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रन गएको छ। भ्रष्टाचारका कारण देश बर्बाद भएको छ। तसर्थ सामाजिक रुपमा जागरण ल्याउने, सशक्त बनाउने, भ्रष्टाचार जस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ।’ मोर्चा बन्नुका कारण उनले यसरी खुलाए।

पार्टी निर्माण, विघटन नियमित चल्ने प्रक्रृया भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका चौधरीले मोर्चा जनतामाझ टेष्ट पनि हुने र जनताको सुझावअनुसार वामपन्थी एकता हुँदै अगाडि बढ्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.