|

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेख्दै सिनामंगलको भवनको नक्सा पास गराउन अनुरोध गरेको छ। सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले लेखेको पत्रमा भवन निर्माणसम्बन्धी नियम पालना गरेको प्रमाण पेस गर्न भनिएको छ।

मापदण्डमा पुग्ने तर नक्सा पास नगरेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिका भवन नक्सा पास प्रक्रियामा आउन महानगरले पहिलोपटक २०७९ भदौ २३ गते ९० दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको थियो। यसबाट करिब ७ हजार निवेदन दर्ता भए। तीमध्ये १ हजार ७ सय बढी नक्सा स्वीकृत भइसकेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका अनुसार यसरी दिइएको समयमा नियमित प्रक्रियामा आउन नसक्नेहरुका २०८० ज्येष्ठ ३ गते ३५ दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरिएको छ। यसबाट सरकारी, गैरसरकारी, वित्तीय संस्था लगायत सबैलाई नक्सा स्वीकृतिका लागि आउन आग्रह गरिएको छ।

यसरी गरिएको अनुरोधको वेवास्ता गरेर नक्सा विपरीतका भवन सञ्चालकहरू अटेर भइ बसेमा महानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन सम्बन्धी मापदण्ड, भवनसंहिता, कार्यविधि र महानगरको निर्णय बमोजिम कारबाही गर्ने योजना बनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.