|

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको छ।

सरकारले वार्ताका लागि समिति गठन गरेको र संवाद वातावरण निर्माण गर्दै वार्तामा आउन आह्वान गरेको भन्दै परिषद्ले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको हो। 

‘सरकारले वार्ताका लागि समिति गठन गरेको र संवाद वातावरण निर्माण गर्दै वार्तामा आउन आह्वान गरिएको  र आम जनभावनाको उच्च कदर गर्दैै विधालय बन्दको कार्यक्रम तत्कालको लागि स्थगित गरिएको जानकारी गराइन्छ,’आइतबार जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।

परिषद्ले विभिन्न माग राख्दै जेठ १७ गतेदेखि देशभर आन्दोलन गरेको थियो। उनीहरूले  देशभरका सामुदायिक विद्यालयमा आजदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा पनि गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.