|

काठमाडौं : मुटुको चालमा गडबड भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। 

मनमोहन कार्डियोथोरासिकर सेन्टरले आइतबार राष्ट्रपति पौडेलको स्वास्थ्यबारे जानकारी दिँदै निकालेको विज्ञप्तिमा हाल उनको अवस्था स्थिर रहेको बताएको हो। 
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति  रामचन्द्र पौडेलज्यू मिति २०६०।०३।०२ गते बिहानदेखि यस सेन्टरमा भर्ना भई उपचाररत हुनुहुन्छ । उहाँको मुटुको चालको निगरानी भइरहेको छ। सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ।'

पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो। उनलाई अस्पतालको सिसियुमा राखेर  मुटुको चालको निगरानी भइरहेेको छ। 

उनको गत मंगलबार शहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एकदिन अस्पताल भर्ना भएर राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.