|

डडेल्धुरा : डडेल्धुरामा भएको जेसिबी दुर्घटनामा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो जिल्लाको आलिताल गाउँपालिका–८ कुर्जेनीमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको आलिताल प्रहरी चौकीले जनाएको छ।

सु.प.प्र ०१ ००१ क १६८३ नम्बरको जेसिबी दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जेसिबी आलितालको गोदाम बजारबाट मेलगाँजातर्फ जाँदै थियो। जेसिबी सडकबाट करिब ३० मिटर तल खसेको छ।  दुर्घटनाको कारण भने खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.