|

काठमाठौं : प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भत्सर्ना गरेका छन्।

सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरे। बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धी विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ गर्न सर्वोच्च अदालतको पनि गम्भीर ध्यानाकर्षण गराए।

सांसद सिंहले भने, ‘कही दिनदेखि नागरिकता नपाएकाहरु माइतीघर मण्डलामा धर्नामा बसेका छन। साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनशनमा बस्नु भएको छ। उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाईज हुनुहुन्छ। एकातिर २०७२ मा संविधान जारी भयो। तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चेकेकै छन। जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने। त्यो पनि सरकारले गर्न सकिरहेको छैन। हिजो नै उनीहरुसँग जुट व्यवहार भएको छ। त्यसको भत्सर्ना गर्न चाहन्छु। किनकी कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस्। सरकारसँग माग गर्न चाहन्छु। ’

सांसद सिंहले नागरिकता प्राप्तका लागि आन्दोलन गरिरहेका नागरिकमाथि प्रहरी दमन गर्नु कुनै पनि अर्थ उचित नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.