|
फाइल फोटो

काठमाडौं : लामो समयदेखि पटक पटक सर्दै आएको भूकम्पले अति प्रभावित विभिन्न १४ वटा जिल्लाका पीडितलाई नयाँ ट्याक्सीको नम्बर बाँड्ने दिनको टुंगो लागेको छ। आगामी ७ असारदेखि गोला प्रथाबाट लगातार तीन दिन असार ९ गतेसम्म नयाँ ट्याक्सी पाउने पीडितहरुको नाम छनोट गरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ। 

गोला प्रथा प्रक्रियाद्वारा विभागले कुल १ हजार ५ सय ट्याक्सीको नम्बर वितरण गर्न लागेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। विभागका अनुसार नयाँ ट्याक्सीका लागि कुल १ लाख ४८ हजार जना पीडितको आवेदन परेको छ। विभागले भूकम्प अति प्रविभात जिल्लाबाट २०७३ साल साउन २५ गतेदेखि भदौ ५ गतेसम्म आवेदन संकलन गरेको थियो। 

भूकम्प अति प्रभावित जिल्लाका पीडितहरुले सरकारले जारी गरेको भूकम्पपीडित कार्डका आधारमा निवेदन दिएका थिए। जसमा सिन्धुपाल्चोक, गोरखा, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, ललितपुर, काठमाडौं, भक्तपुर, मकवानपुर, सिन्धुली, ओखलढुंगा र रामेछापका पीडितहरु रहेका छन्। ठूलो संख्यामा निवेदन परेकाले भनेकै मितिमा वितरण गर्न असहज भए पनि समस्या समाधान गरी व्यवस्थित गरेर वितरण गर्न लागिएको प्रवक्ता पाण्डेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Bukmpa pitit ko taxi