|

संखुवासभा : जिल्लाका बाढीपहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। किवानीज क्लव अफ इन्टरनसनअन्तर्गत सङ्खुवासभा, अरुण भ्याल्ली र तुम्लिङटारले बाढीबाट विस्थापित दुई विद्यालयका ६ विद्यार्थीलाई शैक्षिक सामग्री राहत स्वरुप वितरण गरिएको हो।

गत शनिबार आएको बाढी पहिरोबाट जिल्लाका विभिन्न स्थानका १८ बालबालिका प्रभावित भएका छन्।

गत शनिबार राति आएको बाढी पहिरोबाट विस्थापित भएको चैनपुर नगरपालिका –११ का ६ जना विद्यार्थीलाई राहतस्वरूप शैक्षिक सामग्री वितरण गरिएको क्लबका डिभिजन वानका लेफ्टिनेन्ट गर्भनर कुवेरप्रसाद भेटुवालले जानकारी दिए।

गत शनिबार आएको बाढीले ती विद्यार्थीको घर पूर्ण रुपमा क्षति पारेको थियो। बाढीपहिरो पीडितमध्ये ४ जना मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा तुम्लिङटारमा र २ जना बाणीविलास माध्यमिक विद्यालयमा अध्ययनरत छन्।

क्लबले मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय कक्षा १२ मा अध्यायनरत सुस्मा राई, कक्षा १० का सुस्मिता राई, कक्षा ५ का सचिन राई र कक्षा ३ का प्रजिता राईलाई विद्यालय सामग्री, पोसाक र झोला वितरण गरेको हो।

बाणीविलास माध्यमिक विद्यालयमा लोहाकोटका कक्षा ७ की समिता राई र एलिना राई पनि विद्यालय सामाग्री र पोसाक र झोला वितरण गरिएको छ। क्लबले विद्यार्थीलाई करिब ३० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको गर्भनर भेटुवालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.