|

गुल्मी : गुल्मीदरबार गाउँपालिकाले अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिने भएको छ।

बिहीबार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गापा अध्यक्ष सरोजकुमार थापाले गापाभित्र रहेका ४० वर्ष कटेका महिला र ४५ वर्ष कटेका पुरुषका लागि जीवन निर्वाह भत्ता दिने नीति बनाएको बताएका छन्।

यस्तै गापाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइने मदिरालाई ब्रान्डिङ गरी बजारीकरण गर्ने नीति लिइएको छ। गापाले ‘हाम्रो गाउँ स्वस्थ बनाऊँ’ भन्ने नीति पनि लिएको छ। नसर्ने रोग क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मृगौला रोगबाट बच्नका लागि समुदाय स्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

पालिका स्तरमा एमबीबीएस डाक्टरको व्यवस्था गरी पालिकास्तरबाटै विशेषज्ञ सेवा दिने नीति निर्माण गरिएको छ। दीर्घ रोगीलाई निःशुल्क औषधिको व्यवस्था गर्नुका साथै बिरामीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ। पालिकाभित्रका बासिन्दालाई मासिक २० युनिटसम्मको महसुल पालिकाले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ।

यस्तै गापाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिएको बताउँदै सोहीअनुसारको बजेट ल्याइने प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.