|

सल्यान : जिल्लाको कालिमाटी गाउँपालिकाका किसानहरू चैते धान भित्र्याउन व्यस्त छन्। राम्रो फलेको भन्दै उत्साहका साथ किसानहरू चैते धान भित्र्याउन सक्रिय भएका हुन्।

खेतमा धान झपक्क फलेको भन्दै आफूहरूलाई धान भित्र्याउने चटारो रहेको कालिमाटी गापा-५ का वडाध्यक्ष टोपबहादुर कार्कीले बताए। यो वर्ष १० रोपनी क्षेत्रफलमा चैते धान खेती गरेको बताउँदै उनले भने, ‘कतिपयको धान पाकिसक्यो, कतिपयका खेतमा लहलह बाला झुलेका छन्।’

एक वर्षमा चार बाली लगाउँदै आएको बताउँदै किसान मानबहादुर खत्रीले चैते धान भित्र्याउनेबित्तिकै वर्षे धान लगाउने बताए। उनले भने, ‘चैते धानपछि वर्षे धान रोपाइँ हुन्छ। त्यसपछि तोरी खेती हुन्छ। तोरी स्याहारेपछि गहुँ खेती गर्छौं।’

खेतबारी बाँझै राखेर नेपालमा केही सम्भावना छैन भन्दै कतिपय युवा विदेश काम गर्न जाने गरेकोमा खिमबहादुर सापकोटाले आफ्नै माटोमा परिश्रम पोख्ने हो भने मनग्गे आम्दानी गर्न सकिने बताए।

यो क्षेत्रका किसानले गत फागुनमा रोपेको मकै पाकेर पनि भित्र्याइसकेका छन्। शारदा नदी किनारमा रहेका यो क्षेत्रका फाँटमा सिँचाइ समस्या छैन। पछिल्लो वर्षयता चैते धान खेतीलाई विस्तार गर्दै लगेका किसानहरू राम्रो धान फल्ने भएपछि उत्साहित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.