|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन्। उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाए। उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए। 

‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात् आजसम्म ५ हजार ११५ दिन भएको रहेछ। ४ वटा कार्यकाल, तीनवटा अनुहार। त्यो हेर्दै गर्दाखेरी सम्झिन लायकको कुराहरू के छ त ? ५ हजार ११५ दिनले यो पदले सम्झिन लायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ ? यसले दिएको हामीलाई ? त्यसैले गर्दा त्यो सम्झिन सक्दैनौँ भने यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ', उनले भने, 'त्यसैले गर्दा पनि हामीले सोच्नुपर्छ। हामी यो पदको परिकल्पना गर्दैनौँ। हामी यो पद आवश्यक छैन भन्छौँ। र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ।’

उनले कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहनु नहुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.