|
फाइल

काठमाडौं : अविरल वर्षाको कारण शनिबार राति पहिरो जाँदा कास्की, रोल्पा, डडेल्धुरा, म्याग्दी र बैतडी गरी पाँच ठाउँमा सडक अवरोध भएको छ।

कास्की अन्नपूर्ण गाउँपालिका-३ पाउदुर घुम्तीस्थित पोखरा-बाग्लुङ सडक खण्ड, रोल्पा त्रिवेणी गाउँपालिका-२ कण्ठमालीस्थित सडक, डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सेल्तडास्थित केआई सिंह राजमार्ग, म्याग्दी अन्नपूर्ण गाउँपालिका-२ नैनिबगरस्थित बेनी जोमसोम सडक खण्ड र बैतडी सिगास गाउँपालिका-९ जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङ-खोड्पे सडक खण्ड पहिरोको कारण पूर्णरूपमा अवरोध भएको हो।    

पहिरो गएका सबै स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.