|

धादिङ : पृथ्वी राजमार्गस्थित चुमखोलादेखि पारि गोरखा जिल्लाको बुट्टार गाउँसम्म पुग्ने गरी ५५८ मिटर लामो जिपलाइनको सञ्चालनमा छ। ​

जिपलाइनको करिब ४० सेकेण्डको यात्रामा अधिकांश भाग त्रिशूली नदीमाथि पर्छ। जमिनको सतहबाट १८ मिटर अग्लो टावर बनाई सञ्चालनमा आएको यो जिपलाइनले  ७० डिग्रीको भिरालो यात्रा तय गर्छ। नदीको सतहबाट बहने चिसो हावा र त्रिशूली नदीको दृश्यले जिपलाइन यात्रा रोमाञ्चक र साहसिक बनाउँछ। 

रिभर फन जिपलाइनले ​२०७८ चैतदेखि यो जिपलाइन सञ्चालनमा ल्याएको हो। अहिले काठमाडौं आसपासका जिल्लाबाट बिदा मनाउन र जिपलाइनसहित त्रिशुलीमा र्‍याफ्टिङ गर्न यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.