|

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका सहकारीहरुलाई ३० दिन भित्र अद्यावधिक विवरण पेश गर्न भनेको छ। 

महानगरपालिकाको सहकारी विभागले सुचना जारी गर्दै विवरण बुझाउन भनेको हो। सहकारीहरुले प्रत्येक वर्ष सधारणसभा गर्नुपर्ने र आर्थिक वर्षको लेखा परिक्षण गराउनुपर्ने भए पनि पेश नगरेकोले सुचित गरिएको सुचनामा उल्लेख छ। ३० दिन भित्र विवरण नबुझाए कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।

यसैबिच महानगरपालिकाका मेयर बालेन शाहले बित्तिय जोखिमबाट बच्न र सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाउन सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई अनुरोध गरेका छन्। उनले  आज समाजिक सन्जालमार्फत सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गरेका हुन्। 

तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्न, वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न, परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नर्गन उनले अनुरोध गरेका छन्।  उनले सहकारीका बचतकर्तालाई पनि निरन्तर निगरानी आवश्यक रहेको भन्दै   साधारण सभामा अनिवार्य उपस्थित हुन र कारोवारको बारेमा नियमित जानकारी लिन आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.