|

संखुवासभा : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाअन्तर्गत ४ सय केभी प्रसारण लाइनको उचित मुआब्जा माग गरेका छन्।

अरुण तेस्रो ४ सय केभी प्रशारण लाइन मुआब्जा सरोकार समितले उचित मुआब्जा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको हो। मुआब्जा निर्धारण समितिले उचित जग्गाको उचित मुआब्जा नदिएको अरुण तेस्रो ४ सय केभी प्रशारण लाइन मुआब्जा सरोकार समितिका अध्यक्ष छत्रमणि काफ्लले बताए। 

मुआब्जा निर्धारण समितिले प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल नगरी एकलौटी ढंगले मुआब्जा निर्धारण भएको सरोकार समितिका अध्यक्ष काफ्लेले बताए। आयोजना प्रभावितहरूलाई सुकुमवासी बनाउने निर्णय तत्काल बदर गर्ने सरोकार समितिले माग गरेको छ।

टावर निर्माण गरिने तथा तारमुनिका जग्गाका साथै घडेरीको उचित मुआब्जा निर्धारण नभए आन्दोलनमा जान बाध्य हुने सरोकार समितिले चेतावनी दिएको छ। अरुण तेस्रो जलविद्युत् आयोजनाको ४ सय केभी प्रसारण लाइन निर्माणमा जिल्लामा ५९ वटा टावर निर्माण हुनेछन्। जिल्ला प्रशासन कार्यालयमा असार १५ गते बसेको बैठकले तीन प्रकारका मुआब्जा दर निर्धारण गरेको थियो।

मुआब्जा निर्धारण समितिले जग्गाको वर्गीकरण आधारमा प्रतिरोपनी ८ लाख रुपैयाँ, ६लाख रुपैयाँ र ५ लाख रुपैयाँ तोकेको छ। अरुण तेस्रोको हाइटेन्सन लाइनबाट ६ सय घरपरिवार प्रभावित हुने सरोकार समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.