|

धनगढी : रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।

आज (बुधबार) सो पार्टीले प्रदेश सरकारमा सहभागी हुने र दलबाट मन्त्री पठाउने निर्णय गरेको रेशमलाल चौधरीले जानकारी दिएका छन्। उनका अनुसार यही साता नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेछ।

यता उनकै पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले भने केही दिनमा निर्णय हुने बताउँदै सरकारमा सहभागी हुने विषयमा पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए। 

'सरकारमा सहभागी हुने कुरा भएको छ तर पार्टीको बैठक बसेको छैन। बैठकबाट औपचारिक निर्णय गर्न बाँकी छ। चाँडै बैठक बस्ने सल्लाह भएको छ,' पण्डितले भने।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गत जेठमा मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा नागरिक उन्मुक्तिले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान लिएर सरकारमा सहभागी भएको थिएन। तर अब भने एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जान तयार भएको स्रोतले जनाएको छ।

उसले रिक्त रहेको प्रदेशको भूमि व्यवस्था‚ कृषि तथा सहकारी मन्त्रालय पाउनेछ। नागरिक उन्मुक्तिले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई सरकार पठाउने तयारी गरेको स्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.