|

काठमाडौं : सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन लागेको भन्दै त्यसको विरुद्धमा प्रदर्शन भएको छ।

ललितपुरको लगनखेलस्थित प्रहरी चौकी र वडा कार्यालय रहेको भवनलाई हटाएर सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन लागेको भन्दै प्रदर्शन भएको हो।

ललितपुर महानगरले निजी कम्पनीलाई ठेक्का दिएको स्थानीयको आरोप छ।  बिहीबार बिहानै पुल्चोकस्थित महानगरपालिकाको भवन अगाडि स्थानीयले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा विभिन्न २१ वटा टोल सुधार समितिका व्यक्तिहरू रहेका छन्। प्रदर्शनलाई मध्येनजर गर्दै महानगर परिसरमा सुरक्षा व्यवस्था गरिएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.