|

काठमाडौं: मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले मिटरब्याज विरुद्धको कानुन पारित गराउन राज्यलाई दवाब दिने उदेश्यसहित प्रदर्शन गरेको छ।

आज माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्मको प्रदर्शनमा देशका १० भन्दा बढी जिल्लाका पीडितहरू काठमाडौं प्रदर्शनमा उत्रिएका हुन्।

चैत्र १८ गते आन्दोलनरत पीडित पक्षसँग प्रधानमन्त्री दाहालले वार्ता गरि मिटरब्याजी विरुद्ध कानुन ल्याउने सहमति भए सँगै पीडित पक्ष र सरकारबीच गृहमन्त्रालयमा सहमति भएको थियो।

सहमति भए सँगै पीडितहरू आ-आफ्नो जिल्ला फर्केका थिए। चालू अधिवेशनमा मिटरब्याजी विरुद्ध विद्येयक ल्याउँदा एमाले लगायत प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गति विद्येयक पास हुन नदिएको सरकारले आरोप लगाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.