|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेटको पक्षमा मतदान गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशसभा सदस्यहरूलाई ह्वीप लगाएका छन्।

सुदूरपश्चिममा शनिबार आर्थिक वर्ष २०८०।०८१ को बजेट पारित गर्ने तयारी छ। सत्तारुढ दलहरूले नै बजेटलाई समर्थन गर्न नसक्ने भनेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो।

बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने, प्रदेशसभा सदस्यहरूले छनोट गरेका योजना बजेटमा समावेश गर्ने लगायतका सहमति गरेको थियो।

त्यसपछि दलहरूले बजेटको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्वीप लगाउन थालेका हुन्। सत्तारुढ नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठक पनि शनिबार नै बसेको छ। केही बेरमा उनीहरूले पनि निर्णय गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.