|

दाङ : लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको शनिबार बसेको बैठकमा दुईवटा विधेयक पेश भएका छन् भने यसअघि पेश भएको एउटा विधेयक फिर्ता भएको छ।

बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियमको १०७ उपनियम २ बमोजिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए।

यस्तै स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियमको १०७ उपनियम १ बमोजिम स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भनी प्रदेशसभामा पेश गरेका थिए।​

स्वास्थ्यमन्त्री खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ।​

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले यसअघि पेश गरेको एउटा विधेयक फिर्ता भएको छ। प्रदेशसभामा पेश भई छलफल नभई रोकिएको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा फिर्ता भएको छ।

मुख्यमन्त्री चौधरीका तर्फबाट आन्तरिक मामिलामन्त्री पाण्डे प्रदेशको सभा नियमावली २०७९ को नियम १२१ को उपनियम २ बमोजिम लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए।

उनले प्रदेशमाको स्तरवृद्धि गर्न पनि र गुणस्तरीय प्रशिक्षण दिन फिर्ता लिइएको बताए। उनले भने, ‘छिमेकी देश भारत पुणे तथा गुजरातमा पनि प्रशिक्षण प्रतिष्ठान रहेका छन्। त्यहाँ व्यवस्थित ढंगले चल्दै छ। युरोप, अमेरिकाबाट मानिसहरू आएर गुणस्तरीय प्रशिक्षण लिन्छन्।’

उनले आगामी दिनमा युरोप, अमेरिकाका मानिसहरूलाई लुम्बिनी प्रशिक्षण प्रतिष्ठानमा ल्याएर प्रशिक्षण दिन नसके पनि यसलाई स्तरीय बनाउँदा छिमेकी मुलुकका व्यक्तिहरूले स्तर वृद्धिका लागि यो प्रदेशको प्रशिक्षण प्रतिष्ठानमा आएर प्रशिक्षण लिँदा गर्व महसुस गर्ने र गुणस्तरीय शिक्षा प्राप्त गर्ने होस् भन्ने हिसाबले पनि यसलाई समयानुकूल व्यवस्थित गर्न फिर्ता गरिएको बताए।

यसैगरी लुम्बिनी प्रदेशसभाको आगामी बैठक साउन ८ गते बस्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.