|

काठमाडौँ : नेकपा एमालेले वर्तमान सत्ता गठबन्धनले गैरसंवैधानिक कार्य गरेको बताउँदै त्यसको भर्त्सना गर्ने जनाएको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

गठबन्धनले संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, यिनीहरूलाई विभाजित र निष्प्रभावी बनाउने र लोकतन्त्रलाई जरैदेखि खलबल्याउने काममा उद्धृत भएको एमालेले आरोप लगाएको छ।​

शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

त्यसैगरी कोशी प्रदेशसभामा सत्ता गठबन्धनबाट संविधानविरोधी क्रियाकलाप भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनका अनुसार बैठकले सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको ठहर गरेको छ।

उनले अवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गरे।

उनले लम्पी स्किनबाट हालसम्म ७ लाख ६४ हजारभन्दा बढी चौपाया संक्रमित भएको, २७ हजार चौपायाको मृत्यु भएको र किसानले अर्बौंको नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै प्रभावकारी कदम चाल्न, बीमा भुक्तान गर्न, खोपको प्रबन्ध गर्न र किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउने बताए।

उनले बैठकले किसानहरूले सुलभ रूपमा रासायनिक मल पाउने व्यवस्था गर्न सचेत गराएको छ। मिटरब्याज सम्बन्धी विधेयकलाई लिएर एमालेप्रति नकारात्मक भ्रम फैलाइएकोप्रति आपत्ति जनाउँदै विधेयक पास गर्नका लागि तत्काल आवश्यक कानुनी प्रबन्ध गर्न माग गरेको बताए। अविलम्ब नयाँ विधेयक ल्याई समस्या समाधान गर्न आग्रह गरे।

त्यसैगरी बैठकले स्वतन्त्र र स्वायत्त प्राज्ञिक संस्थामाथि सत्तापक्षबाट हस्तक्षेप भइरहेको भन्दै सरकारको कदमको भर्त्सना गरेको छ। त्यस्तै बैठकले विपद्का कारण भएको क्षतिको परिपूर्ति गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै प्राकृतिक विपद्का वेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारमा खटिन पार्टी सम्बद्ध युवा, विद्यार्थी, भूपू सैनिक, प्रहरीसहित पार्टी पंक्तिलाई आह्वान गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली साउन देखि ६ गतेसम्म कम्बोडिया भ्रमणमा जाने निर्णय समेत सचिवालय बैठकमा भएको बताए। बैठकले बागमती प्रदेशको इन्चार्जमा गुरु बराललाई तोकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.