|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद् अवरोध गरेको छ। 

आजको बैठकको कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको दफाबार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेक्रममा आफ्नो असहमति हुँदाहुँदा सभामुखले कानुनमन्त्रीलाई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न दिएको विरोधमा रास्वपाले सदनमा विरोध गरेको हो।

रास्वपा सांसदहरू बसेको ठाउँबाट उठेर वेलतर्फ अगाडि बढेका थिए। त्यसपश्चात् सभामुखले  बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.