|

काठमाडौं : आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्ने पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने भएको छ।

एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो।

आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ। यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ।

प्रतियोगिताका १३ खेलमध्ये ४ खेल पाकिस्तानमा हुनेछन् भने बाँकी ९ खेल श्रीलङ्कामा हुनेछन्।

एशिया कपमा नेपाल समूह ए मा परेको छ। नेपालको समूहमा भारत र पाकिस्तान छन्।

समूह बी मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन्। प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.