|

सुनसरी : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न अति आवश्यक भएको बताएका छन्।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टीभित्र देखा परेका मतभेद अन्त्य गर्न ढिलाइ गर्न नहुने तर्क गरे।

लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति र समृद्धि ल्याउन पनि नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टीभित्र एकताबद्ध हुन जरुरी रहेको देउवाको भनाइ थियो।

उनले भने, ‘हाम्रो पार्टी एकता हुन जरुरी छ सम्पूर्णरूपले एकता भएको खण्डमा हाम्रो पार्टी सबभन्दा ठूलो पार्टी छ। बहुमतको पार्टी बनाउन अति आवश्यक छ। अहिले समावेशी समानुपातिक प्रतिनिधित्व छ। त्यसैले बहुमत आउन सक्दैन भन्ने भनाइ पनि छ। हामीले आपसी मतभेद र मनोमालिन्य हटाउन सक्यौँ भने हाम्रो पार्टीले बहुमत ल्याउन सक्नेछ। धेरै ठाउँमा हाम्रो पार्टीलाई प्रमुख पार्टीको रुपमा स्थापित गर्न सकियोस्।’ 

सभापति देउवाले पार्टीभित्र एकता कायम भए नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.