|

सल्यान : अवरुद्ध भएको झन्डै १३ घण्टापछि राप्ती राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

आइतबार बिहान साढे ७ बजेतिर राप्ती राजमार्गको श्रीनगर-कपुरकोट सडकखण्डको त्रिवेणी गाउँपालिका-५ टुनिबोटनजिकै सडकमाथिबाट ठूलो ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो।

दाङ तुलसीपुरबाट ढुंगा फुटाउने मेसिन आएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। एकतर्फी सडक सञ्चालनमा आएसँगै सवारीसाधन आ-आफ्नो गन्तव्यमा गइरहेको उनको भनाई छ।

बिहानदेखि सडक अवरुद्ध हुँदा ठूला सवारीसाधनममा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका थिए। सडकमा दुईतर्फी आवागमन खुलाउन ढुंगा अझै फोड्नुपर्ने खनालको भनाई छ। दिनभर साना सवारीसाधन र मोटरसाइकल भने गुडिरहेका थिए। ठूला सवारीसाधनमात्र अवरुद्ध भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.