|

काठमाडौं : नेपाली कांग्रेसले नीति अधिवेशनको साटो आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ। 

सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनबाट गर्ने भनिएको काम महासमिति बैठक गर्ने र उक्त बैठक मंसिर ११, १२ र १३  राख्ने प्रस्ताव गरेका छन्।

१४औँ महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय भएको थियो। तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाउने भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.