|

विराटनगर : नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कार्यभार सम्हाल्न विराटनगर पुगेका छन्।  

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्न लागेका हुन्। काठमाडौंमा रहेको मुख्यमन्त्री कार्की विराटनगर विमानस्थल पुगेका हुन्।

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्नेमा जोड दिए। आफू मुख्यमन्त्रीमा दिन कांग्रेसलाई सहमत हुने तर आलोपालो स्वीकार नहुने बताए। उनले आगामी १७ गते पूर्ण सरकार बन्ने बताए। 

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की मुख्यमन्त्रीबाट बाहिरिएका थिए। 

तर, सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुत्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली भएका हुन्। काठमाडौंमा रहेका कार्की केहीबेरमा विराटनगर आउँदै छन्। उनले बिहान ११ बजे कार्यभार सम्हाल्नेछन्। कार्कीसँगै उनको मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुले तत्तत् मन्त्रालयमा कार्यभार सम्हाल्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.