|

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको हो।

गैरकानुनी रुपमा नेपालमा सुन भित्रिएको विषयमा छानबिन समिति गठन गर्न माग गर्दै नेकपा एमालेले सदन अवरुद्ध गर्ने तयारी गरेपछि बैठक बस्दै नबसी स्थगित भएको हो।

यसअघि यही साउन १० गते बसेको बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भएको थियो। सोमबार सदन चलाउने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीबीच छलफल भएको थियो तर सहमति हुन नसकेपछि एमालेले सदन अवरोध गर्ने अडान कायमै राखेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.