|

जुम्ला : जुम्लाबाट निर्यात हुने काँचो स्याउको बिक्रीमा रोक लगाइएको छ। जुम्लाका सरोकारवालाहरुको आजको बैठकले सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाउने निर्णय गरेको हो।  

पूर्णरुपमा पाकेको, परिक्क भएको, गुलियो भरिएको स्याउ कृषि कार्यालयको सिफारिसका आधारमा मात्र निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताए। 

डेलिसियस, रेड डेलिसियसलगायतका जातका स्याउ भदौ १० गतेपछि प्राविधिकहरुको सिफारिसका आधारमा टिप्न तथा निर्यात गर्न पाईने निर्णय भएको छ।
साउन र भदौमा पाक्ने स्याउ निर्यातका लागि किसान अनूकुल निर्णय भएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले काँचो स्याउको निर्यातलाई रोक्न सुरक्षाकर्मीलाई कडाईका साथ जाँचबुझ गर्न निर्देशन दिने उल्लेख गरे।

स्थानीय तहले संकलन केन्द्र स्थापना नगर्दा, बजारीकरणमा सहजीकरण नगरिदिँदा नै किसान काँचो स्याउ टिप्न बाध्य छन्। कर्णालीको सुर्खेतमा बिक्री भइरहेको काँचो स्याउ केही मात्रमा जुम्लाको भए पनि अरु सबै कालिकोटको तिलागुफा नगरपालिकाको भएको बताइएको छ।

जुम्लाको पहिचानसँग जोडिएको स्याउको नाम बेचेर धमधम काँचो स्याउ बिक्री भइरकेको छ। विगतमा पटकपटक काँचो स्याउ निर्यात नगर्ने निर्णय भए पनि कार्यान्वयन हुन सकेको थिएन। 

स्याउ किसान राजबहादुर भक्रीले किसानले उत्पादन गरेका वस्तुहरुको राज्यले बजारिकरणको  व्यवस्था गर्नुपर्ने बताए  । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.