|

काठमाडौं : नेपालमा एनिमेटेड फिल्म निर्माण भएको छ। 

‘सलिना : योद्धा राजकुमारी’ नामको फिल्मको केही झलकसमेत सार्वजनिक गरिएको छ। राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित फिल्म निर्माण गर्न ६ वर्ष लागेको फिल्मका सम्पादक शिव पुरीले जानकारी दिए। 

रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई तेजशराज जोशीले निर्देशन गरेका छन्। 

‘यो हाम्रो लागि नयाँ प्रयास पनि हो, यस्ता फिल्मको भविष्य के कस्तो छ भन्ने यसले निर्धारण गर्नेछ,’ सम्पादक पुरीले भने। 

सम्पादक पुरीसँगै श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक्स कलाकार छन्। 

कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वराङ्कन गरेको फिल्मलाई निर्देशक जोशी र सम्पादक श्रेष्ठले निर्माण गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.