|

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बलुचिस्तानमा बुधबार राति दुई समूहबीच गोली हानाहान हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सो घटना प्रान्तको राजधानी क्वेटामा भएको थियो। दुई समूहका सदस्यहरूबीच भएको बाझाबाझ उग्र बन्दै जाँदा उनीहरूले आपसमा गोली हानाहान गरेको प्रहरीले जनाएको छ। 

जग्गासम्बन्धी भएको विवाद झडपमा परिणत भएको थियो। दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्य रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। 

गोली हानाहानमा कैयौँ व्यक्ति घाइते भएका थिए। घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। थप अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.