|

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई भेटी बधाई दिएको छ। बिहीबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेको निजी क्षेत्रका व्यवसायीको संस्था चेम्बर अफ कमर्सको टोलीले प्रधानमन्त्रीलाई शुभकामना दिएको हो।

‘विशुद्ध शुभकामना दियौँ, पुष्प गुच्छा दियौँ र भन्यौँ- तपाईँको कार्यकालमा आर्थिक विकास होस्', चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले थाहाखबरसँग भने।

चेम्बरको टोलीले व्यापार व्यवसाय गर्नका लागि उपुयुक्त वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरेको छ। लामो समयदेखि संसदमा थाती रहेका आर्थिक विधेयक अघि बढाउन अग्रसरता लिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको अध्यक्ष श्रेष्ठले बताए।

व्यवसायीहरुले राखेका विषयमा आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले व्यवसायीबाट सहयोगको अपेक्षा राखेको बताएको श्रेष्ठले जानकारी दिए।  

प्रधानमन्त्रीलाई शुभकामना दिन अध्यक्ष राजेशकाजी श्रेष्ठ, निवर्तमान अध्यक्ष सुरेश बस्नेत, वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश अग्रवाल, सचिव सन्तोष पाण्डे लगायतको टोली लाजिम्पाट पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.