|

काठमाडाैँ : नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्ने उद्देश्यले ‘अगस्त्य स् च्याप्टर वान’ को छायाङ्कन पूर्ण नहुँदै बिक्री भएको छ।

चलचित्रको छायाङ्कन भएको दृश्य हेरेर खरिद गरिएको सेभेन सिज इन्टरटेनमेन्टका विनोद पौडेलले जानकारी दिए। सो कम्पनिले चलचित्रलाई नेपालभन्दा बाहिर एकै मितिमा प्रदर्शन गर्नेछ। 

“छायाङ्कन भएको दृश्य हेर्दा यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लगेर नेपाली दर्शक बढाउन सकिन्छ भन्ने लगेर खरिद गरेका हौँ। यो नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ”, वितरक पौडेलले भने, “सबै किसिमका नेपाली चलचित्रलाई प्रवासमा रहेका नेपालीमाझ पु¥याउने हाम्रो उद्देश्य हो।”

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन्। 

निर्देशक चौधरीले नेपाली चलचित्र एकसाथ प्रवासमा प्रदर्शन हुनु समग्र उद्योगकै लागि खुसीको खबर रहेको बताए। उनले भने, “झट्ट हेर्दा हाम्रो चलचित्रलाई मात्र फाइदा देखिए पनि यसबार समग्र उद्योग नै लाभान्वित हुनेछ। 

अन्तर्राष्ट्रिय बजारमा चलचित्र बिक्री भएपछि निर्देशकलाई निर्माणमा झनै सहज हुन्छ।” सञ्जय लामा छायाङ्कार रहनुभएको दुई शृङ्खलामा बन्ने ‘अगस्त्य’ को कथा निर्देशक चौधरीले लेखेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.