कार्यकर्ताले बोकेको वाकिटकीबारे छानबिन गरिने

|

काठमाडौं : जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडक खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी नचाहिने स्पष्ट पारेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक सूचना जारी गर्दै राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको उल्लेख गरेका हुन्। 

मंगलबार कालीखोला नजिकै लेदो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकमा जाम खुलाई ट्राफिक व्यवस्थापनका नाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आर.ए.टी नाम दिइएको एउटा समूह परिचालन भएको थियो।

जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ।

चितवन क्षेत्र नम्बर २ बाट उपचुनावमार्फत् दोस्रो पटक विजयी भएको एक सय दिन पुगेको अवसरमा केही दिनअघि रास्वपाका सभापति रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि र्‍यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए।

सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको भन्दै प्रशासन कार्यालयले कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको स्पष्ट पारेको छ। 

प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.