|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका कारण बैठक चल्न नसकेको हो। 

बैठक सुरु भएपछि उठेर विरोध गरेपछि सभामुखले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिए। तर, सत्ता पक्षका सांसदहरूले समेत उठेर विरोध जनाएपछि होहल्लाका बीच सांसद थापाले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ तस्करलाई जोगाउने गरी आएको भन्दै आफूहरूको विरोध जारी रहने बताए। 

त्यसपछि एमाले सांसदहरू उठेर वेल घेराउ गर्न पुगेका थिए। उनीहरूले वेल घेराउ गर्दै नाराबाजी गरे। उनीहरूले ‘सुन तस्करलाई कारबाही गर, उच्चस्तरीय छानबिन समिति गठन गर, सुशासन कायम गर’ लगायतका नारा लगाएका थिए।

सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन्। उनले अर्को बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन्। 

एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० बाट सदन अवरुद्ध गर्दै आइरहेको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.