|

काठमाडौं :  खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिका टोली कपन पुगेको छ। काठमाडौं महानगरपालिका ७ र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को सीमानामा खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको हो।

बिहीबार दिउँसो पनि काठमाडौं महानगरपालिकाले डोजर लिई खोलामाथि बनाइएका स्ल्याबहरू भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको थियो।

त्यस्तै, स्थानीयहरूले भने बूढानीलकण्ठ नगरपालिकाले खहरे खोलाको संरचना मिचेर घरहरू बनाउन दिएकाले भत्काउनुपर्ने माग राखेका छन्।

उनीहरूले मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने धारणा राखेका छन्। उनीहरूले भूमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको बताए।

उनीहरूले खोला मिचेर संरचना बनाउनेहरूले मात्रै महानगरको विरोध गरिरहेको बताए। बालबालिकाहरूलाई विद्यालय लैजान र ल्याउनका लागि पनि पानी परेको बेलामा जोखिम मोलेर आउने जाने गर्नुपरेको गुनासो गरे।  

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.