|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधको कारण शुक्रबार पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। 

१०० किलो अवैध सुन प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले नाराबाजी गर्दै सदन अवरोध गरेपछि बैठक स्थगित भएको हो। बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए।

एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी साहले छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने बताइन्। एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

एमालेले साउन १० गतेदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.