तयारी गर्न नेपाल एक साताअघि नै पाकिस्तान जाने

|
फाइल तस्वीर

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। 

क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो। ज्ञानेन्द्र मल्लले संन्यास लिएपछि राष्ट्रिय टोलीमा प्रतिश जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकालले स्थान पाएका छन्। 

राष्ट्रिय टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै आशिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी रहेका छन्। 

एशिया कपको तयारीका लागि नेपाल एक साताअघि नै पाकिस्तान जाने क्यानले जनाएको छ। आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुने एशिया कपमा नेपालले पहिलो पटक खेल्न लागेको हो।

यसअघि नेपाल एशिया कपका लागि छनोट भएर पनि प्रतियोगिता नै रद्द हुँदा खेल्न पाएको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.