|

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माविरुद्ध नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ। मंगलबार माइतीघर मण्डलामा उक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको हो। 

विमानस्थलबाट नियन्त्रणमा लिएको नक्कली सुन प्रकरणपश्चात् शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए। यसैबीच नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिआइबीले शर्मालाई गत बिहिबार पक्राउ गरेको थियो भने भोलीपल्ट छुटेका थिए। 

यस्तै, शर्माले साउन २९ गते सोमबारप्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा समेत दिएका थिए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.