|

मलेखु : झुल थापेर माछा मार्ने क्रममा शनिबार त्रिशूली नदीमा एकजना बेपत्ता भएका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन्।

साथीहरूसँग माछा मार्न गएका कँडेल नदीमा डुबेका हुन्। कँडेलसँग अन्य तीन जना पनि थिए। माछा मार्न प्रयोग भएको झुल प्रहरीले फेला पारेको छ। कँडेलसँग माछा मार्न गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

शनिबार दिउँसो बेपत्ता भएका कँडेलको नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। त्रिशूलीमा पानीको बहाव ठूलो भएकाले खोजीमा समस्या भइरहेको जैसवारले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.