|

काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिंहदरबार प्रवेश भन्दा त्यहाँबाट हुने बहिर्गमन महत्वपूर्ण हुने बताएका छन्।

प्रधानमन्त्रीले सपथ लिएकै दिन बिहीबार फेसबुक मार्फत बधाई दिँदै पोखरेलले प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिदा आफ्नो एक्जिट (बहिर्गमन) लाई सुरक्षित, अनुकरणीय र प्रेरणादायी बनाउन सुझाव दिएका हुन्। 'वहाँ (पुष्पकमल दाहाल प्रचण्ड) दोश्रोपटक प्रधानमन्त्री बन्न सफल बन्नुभो ! यस अवसरमा वहाँलाई हार्दिक बधाई'-पोखरेलले फेसबुकमा लेखेका छन् ।

प्रचण्डको राजनीतिक जीवन चुनौती र विरोधाभासले भरिएको महासचिव पोखरेलले अगाडि लेखेका छन् 'राजनीतिमा 'इन्ट्री' का लागि त्यति अप्ठ्यारो हुन्न र जेसुकै र जस्तासुकै कारणले जिम्मेवारी/महत्वपूर्ण जिम्मेवारीहरू प्राप्त हुनसक्छ। तर जिम्मेवारी पाउने कुरा भन्दा पनि त्यसको 'एक्जिट' ले कस्तो उचाई प्राप्त गर्छ त्यो विशेष महत्वपूर्ण हुन्छ।'

वामपन्थी विचार बोकेको राजनीतिज्ञका लागि जिम्मेवारीको एक्जिटले अझ विशेष महत्व राख्ने भन्दै उनले प्रधानमन्त्री प्रचण्डलाई देश, जनता र परिवर्तनको पक्षमा उभिएका र उभिन चाहने सन्ततिहरुका लागि आफ्नो ' एक्जिट' लाई सुरक्षित, अनुकरणीय र प्रेरणादायी बनाउन आग्रह गर्दै शुभकामना समेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.