|

काठमाडौं : प्रतिनिधिसभाको बैठक सुचारु भएको छ। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करीको विषयमा सहमतिको खाका पढेर सुनाएपछि सदन सुचारु भएको हो। 

साउन १० गतेदेखि अवरोध सदनको पहिलो बैठक आजबाट सुचारु भएको हो। नेकपा एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै सदन चल्न दिएको थिएन। 

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच भएको आजको बैठकले अहिलेसम्म भएका सुन तस्करीको छानबिन र अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको सर्वदलीय बैठकमा दुई बुँदे सहमति भएको हो। यस सहमतिसँगै सदनको अवरोध हटेको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.