|

काठमाडौं : बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटनामा ज्यान गुमाएका मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ।

दुर्घटनामा भारतको राजस्थानका ६० वर्षीया सत्यवती सिंह,६५ वर्षीया मीरादेवी सिंह, ६५ वर्षीय श्रीकान्त चतुरवेदी, ६७ वर्षीया वैजन्ती देवी, ६७ वर्षीय बहादुर सिंह र ७० वर्षीय राजेन्द्र चतुर्वेदीको मृत्यु भएको हो। यस्तै महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डितले पनि ज्यान गुमाएका छन्।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। 

बसमा चालकसहित २६ यात्रु सवार थिए। दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ। 

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस राति २ बजेतिर चुरियामाई अगाडि दुर्घटना भएको हो। चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.