|

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ गराएका छन्।

यामलाल कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि ६ जना मन्त्रीहरुको शपथ भएको हो। मंगलवार ६ जना मन्त्रीलाई नियुक्त गर्दै मुख्यमन्त्री कँडेलले सरकारलाई पूर्णता दिएका हुन्।

मुख्यमन्त्री कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलवार माओवादी र एमालेका ३/३ जना मन्त्री नियुक्त गरेका हुन्। 

एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन्। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राखेका छन्।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा महेन्द्र केसी, सामाजिक विकासमन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका हुन्। 

मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.