|

काठमाडौँ : भोलि शनिवार ‘बागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ।

नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिस (नारा) र फ्रेण्ड्स क्लब कुपण्डोलले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमबारे जानकारी गराएका हुन्।

बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित उक्त जलजात्राको २३ औं संस्करणको रूपमा मनाउन लागिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए। ललितपुरको कुपण्डोलस्थित बागमती पुलछेउमा शनिवार बिहान ७ बजे सहभागी भई उक्त जलजात्रामा सहभागी हुन पनि उनले सरोकारवाला निकाय र यस अभियानमा संलग्न सबैलाई आह्वान गरे।

अध्यक्ष अधिकारीले भने, ‘महोत्सवको उद्देश्य बागमती नदीलाई माया गर्ने, विभिन्न व्यक्तित्व, संघसंस्था र आम नागरिकलाई यो महाभियानमा सरिक गराउने सत्प्रयास हो। यो महोत्सव एक साझा मञ्च हो । यसले सबैलाई नदीको अवस्था बुझाउने र तिनीहरूको सरोकार राख्ने अवस्था सृजना गर्छ।’

जलजात्रामा सरकारी निकाय, सञ्चारकर्मी, विद्यार्थी, स्थानीय, बागमती सफाइ अभियानमा संलग्न गरी करिब १ हजार जना सहभागी हुने अपेक्षा गरिएको छ। बागमती नदी किनारामा पार्क तथा खेलकुद मैदान समेत निर्माण हुने गरी आफूहरूले जलजात्रा अभियानलाई निरन्तरता दिँदै आएको पनि नाराले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.