|

काठमाडौं : फ्रान्सको सरकारले खपत नभएको मदिरा नष्ट गर्न तथा उत्पादकहरूलाई सघाउनका २० करोड युरो अर्थात्‌ २८ अर्ब ६० करोड नेपाली रुपैयाँ दिने भएको छ। 

मागमा आएको कमी र क्राफ्ट बीयर पिउने मानिसहरूको सङ्ख्या बढ्न थालेपछि फ्रान्समा मदिरा उद्योग समस्यामा परेको बताइएको छ। खपतभन्दा बढी उत्पादन हुनु र जीवनयापनको खर्च बढ्दै जानुले पनि मदिरा उद्योग मारमा परेको बताइन्छ।

बीस करोड युरोको अधिकांश हिस्सा अतिरिक्त भण्डारणका लागि खर्च गरिनेछ अनि ह्यान्ड स्यानिटाइजर, सरसफाइसम्बन्धी उत्पादन र अत्तरमा उपयोगका लागि अल्कोहल बिक्री गरिनेछ।

मदिराको अत्यधिक उत्पादनमा कटौती गर्ने प्रयासमा जैतुन जस्ता बस्तुको उत्पादन गर्न मदिरा उत्पादकहरूलाई रकम उपलब्ध गराइनेछ।

मदिरा उद्योगलाई सहायताका लागि युरोपेली सङ्घ ईयूले तोकेको प्रारम्भिक १६ करोड युरो बराबरको कोषलाई बढाएर फ्रेन्च सरकारले २० करोड युरो पुर्‍याएको हो।

युरोपेली आयोगको जून महिनासम्मको तथ्याङ्क अनुसार इटलीमा मदिरा सेवनमा ७ प्रतिशतले, स्पेनमा १० प्रतिशतले, फ्रान्समा १५ प्रतिशतले, जर्मनीमा २२ प्रतिशतले र पोर्चुगलमा ३४ प्रतिशतले कमी आएको छ।

तर विश्वमै सबैभन्दा धेरै मदिरा उत्पादन हुने सो क्षेत्रमा त्यसको उत्पादनमा ४ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.