|

काठमाडौं : कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्तिको ‘नेसनल आइसीटी स्कलरसिप– २०८०’ को लागी आवेदन खुल्ला गरेको छ।

यस संस्थाले नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत ३१ वर्षदेखि कार्य गर्दै आइरहेको छ।

उक्त छात्रवृति सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरिएको हो। यो छात्रवृतिमार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी दिएको छ।

‘नेसनल आईसीटी स्कलरसिप–२०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी सात प्रदेशबाट १-१ जना छात्रा लाई पूर्ण छात्रबृति र बाँकी सम्पूर्ण प्रदेशबाट ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने महासंघले जनाएको छ।

विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म ११० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन्।

नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सोसरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.orghttp://www.lbef.org मार्फत २०८० साल भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ।

आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.